८ जेष्ठ २०८१, मंगलवार
Follow Us

उपप्रधान तथा रक्षामन्त्री खड्का र एनआरएनए अध्यक्ष डा बद्री केसीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७९, बिहीबार १२:०९

लण्डन् । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी सहितको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासंग भेटघाट गरेको छ ।

कार्यकारी अध्यक्ष डा बद्री केसीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको स्थापना काल देखि संघले नागरिकता तथा लगानीको मुद्धामा महत्व दिएको सो कार्यको पूर्णताका लागि सहजीकरण गर्न आग्रह गरे।

संघका अध्यक्ष कुल आचार्यले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले सामाजिक सुरक्षा, डलर खाता तथा संघको गतिविधि बारे जानकारी दिए । यस्तै संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भिम उदासले संघको सुरुको अभियान बारे जानकारी दिए ।

खड्काले गैरआवासीय नेपाली संघले स्थापना काल देखि नै नेपालको समृद्धिको सपना लिएकोमा धन्यवाद व्यक्त गर्दै नागरिकताको मुद्दा अब आउने वर्षे अधिवेशनबाट टुंगिने विश्वास व्यक्त व्यक्त गरे ।